धनगढी पोष्ट
बुधबार, १० भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिमको राजधानी धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलवार कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
केही दिनदेखि धनगढीमै रहेको निसर्ग अस्पतालको आईसियूमा उपचार गराईरहेका ति पुरुषमा मंगलबार बेलुका कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार राती नै सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उपचारका क्रममा संक्रमण पुष्टि भएपछि निसर्ग अस्पतालको मंगलबार राती देखि नै आईसियु वार्ड सिल गरिएको छ ।
अब ति मृतकको शव नेपाली सेनाले ब्यबस्थापन गर्ने त्यसका लागि नेपाली सेनाको टोली सेती अस्पताल पुगिसकेको छ ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ । मंगलबार मात्रै भदौ १ गते मृत्यु भएका कैलालीकै बर्दगोरिया गाउँपालिकाका एक पुरुषमा मृत्यु भएको ९ दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।