धनगढी पोष्ट बुधबार, २४ बैशाख २०८२   May 7, 2025

बुधबार देशभर थपिए ८८५ संक्रमित

धनगढी

   नेपालमा बुधबार थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या  १९ हजार ५ सय ४ पुगेको छ ।

  पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३९ जना रहेको छ ।