धनगढी पोष्ट
बुधबार, १० भदौ २०७७ मा प्रकाशित
धनगढी
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई महिला सहित ११ जनाको मृत्यु भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिला सहित थप ११ जनाको मृत्यु भएको बताए ।
मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् ।