धनगढी पोष्ट
बुधबार, १० भदौ २०७७ मा प्रकाशित
धनगढी
सरकारले कोरोना संक्रमितको १४ दिनको खर्च मात्र ब्यहोर्ने भएको छ । लक्षण नेदेखिएका कोरोना संक्रमितलाई १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न अस्पतालहरुलाई सरकारले निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० दिनमा कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न र रिपोर्ट पोजेटिभ आएपनि १४ दिनमा घर पठाउन अस्पतालहरुलाई परिपत्र गरिसकिएको जानकारी दिए ।
उक्त निर्देशन विपरित संक्रमितहरुलाई १४ भन्दा बढी अस्पतालमा राखे सरकारले शोध भर्ना गर्न नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।