धनगढी पोष्ट
बुधबार, १० भदौ २०७७ मा प्रकाशित
धनगढी
कैलालीको अत्तरियामा रहेको ग्लोबल बैंकका तीन कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालमा गरिएको स्वाब परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै बुधबार मात्रै कैलालीमा कोरोना संक्रमति हुने बैंक कर्मचारीको संख्या ४ पुगेको छ ।
ग्लोबल बैंकका ऋण शाखामा कार्यरत १ महिला र २ पुरुष गरि तीन जनालाई कोरोना संक्रमण भएको हो । संक्रमित मध्य १ जना धनगढी तारानगरका र २ जना अत्तरियाकै वासिन्दा हुन् ।
बुधबार नै धनगढी स्थित सानिमा बैंकमा कार्यरत महेन्द्रनगर निवासी एक कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो ।