धनगढी पोष्ट आइतबार, २२ भदौ २०८२   September 7, 2025

सुदूरपश्चिममा बुधबार थपिए ४४ जना कोरोना संक्रमित

धनगढी

     बुधवार सुदूरपश्चिम प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको परिक्षणमा कैलालीका ३२ सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा गरि थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

   सेतीमा पछिल्लो २४ घण्टामा नौँ सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २५ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका  १५, टीकापुरका तीन र एक जना स्थानीय तह नखुलेका महिलालाई संक्रमण पुष्टि भएको     छ ।

 यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन, कृष्णपुरका दुई र बेल्डाँडीका एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ । बुधबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा ६ सय ५० जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो ।

   यस्तै बुधबार नै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको छ । ९१ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका दुवै जना अछामका हुन ।