धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

बाजुरा

  बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुढिनन्दा नगरपालिका वडा ५ बिरसैनमा आज विहान करेन्ट लागेर सोही नगरपालिका वडा नं. ५ का ७० बर्षिय कर्णचन्द्र पाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

   विहिबार विहान ६ बजे तिर घर नजिकैे शौचालय जाने क्रममा नजिकैका विद्युतको पोलबाट करेन्ट प्रवाह भई करेन्ट लागेर मत्यु भएको उनका आफन्तले बताए ।