धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

भान्सा कार्यक्रमबाट १३ हजार बढी विपन्न परिवारलाई पोषिलो खाना

भान्सा कार्यक्रमबाट १३ हजार बढी विपन्न परिवारलाई पोषिलो खाना

महेन्द्रनगर

  कञ्चनपुरमा माइती नेपालले सञ्चालन गरेको  भान्सा कार्यक्रमबाट १३ हजार भन्दा बढी लाभान्वित भएका छन् माइती नेपाल कञ्चनपुरले कोरोना महामारीपछि लकडाउनको मारमा परेका विपन्न तथा गरिब परिवारलाई पोषिलो खाना खुवाउने अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा रहेका १३ हजार सय ५६ हजार बढी विपन्न तथा गरिब परिवारले पोषिलो खाना पाएका हुन्

 विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारी रोकथाम गर्न सरकारले गरेको बन्दाबन्दीमा दैनिक ज्यालादारी गर्ने गरिव तथा विपन्न परिवाररका महिला तथा वालबालिकाहरुले पौष्टिक आहार नपाएको तथा समस्या भएका कारण माइती नेपालले दुई महिनाको समयमा पोषिलो खाना खुवाउने अभियान चलाएको थियो दुई महिने अभियानको विहीबार भएको

यु एन ओमेन संस्थाको सहयोग जिल्लाका स्थानीय तहहरुसंगको सहकार्यमा पौष्टिक आहार खुवाउने लक्ष्यका साथ ५६ दिने अभियान सम्पन्न गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् माइती नेपालको भान्सा अभियान कार्यक्रम असार १६ गतेदेखि सञ्चालन गरिएको थियो