धनगढी पोष्ट
बिहिबार, ११ भदौ २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशीक अस्पताल धनगढीमा विहिवार गरिएको परिक्षणमा गोदावरीका ९ र धनगढीका तीन जना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार गोदावरी नगरपालिका वडा नंम्बर ३ का तीन महिला र ६ पुरुष गरि ९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै धनगढीका दुई महिला र एक पुरुष गरि तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४ सय ९२ जनाको स्वाव परिक्षण गरिएको थियो ।