धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

डडेल्धुरा प्रयोगशालामा बैतडीका १७ सहित १९ जनामा संक्रमण पुष्टि

डडेल्धुरा प्रयोगशालामा बैतडीका १७ सहित १९ जनामा संक्रमण पुष्टि

धनगढी

 डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा आज गरिएको परिक्षणमा बैतडीका १७ सहित १९ जनामा संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३ सय ४८ नमुना मध्य १९ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।

  उनका अनुसार बैतडीको दशरथचन्द नगरपालिकाका ८ जना,मलौली नगरपालिकाका ३ जना,शिवनाथ गाउँपालिकाका ५ जना र डिलाशैनी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी डोटीको जोरायल गाउँपालिकाका एक जना र बझाङको जयपृथ्वी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला ईन्चार्ज भुषालले जानकारी दिए ।


ट्रेन्डिङ