धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिम प्रदेशमा तीन वटा प्रयोगशालामा गरि आज ३६ जना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा तीन वटा प्रयोगशालामा गरि आज ३६ जना संक्रमित थपिए

धनगढी

    सुदूरपश्चिम प्रदेशमा आज थप ३६ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

  धनगढी स्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा गरि बिहिवार ३६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन वटै प्रयोगशालामा गरि नौँ सय २१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

  डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बैतडीको दशरथचन्द नगरपालिकाका ८ जना, शिवनाथका पाँच, मेलौलीका तीन र डिलासैनीका एक जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी डोटीको जोरायलका एक र बझाङको जयपृथ्वी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले बताए ।

   सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार थप १२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार सय ९२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १२ जनामा संक्रमण पुष्टि भएको   हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका ३ का नौ जना र धनगढीका तीन जनामा संक्रमण देखिएको हो ।

 बिहिवार नै डोटी अस्पतालको प्रयोगशालामा ८१ जनाको कोरोना परीक्षण भएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा शिखर नगरपालिका वडा नम्वर ४ का चार जना र वडा नम्वर ३ का एक जना रहेकोे प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।