धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूर पश्चिमका चार नगरका सडकको नामाकरण हुँदै, धमाधम घर नम्बर दिइँदै

धनगढी,

 सुदूर पश्चिम प्रदेशमा भइरहेको सहरीकरणलाई व्यवस्थित पार्ने क्रममा सरकारले यहाँका चार नगरपालिकाहरुमा तत्कालै वैज्ञानिक ठेगाना प्रणाली लागु गर्न लागेको

 सहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित क्षेत्रीय सहरी विकास आयोेजनाले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका भीमदत्त नगरपालिकामा यो प्रणाली लागु गर्न कार्य सुरु भइसकेको जनाएको यस अन्तर्गत सडकहरुको नाम ठेगाना क्षेत्र विभाजन गरिनेछ नगरभित्रका सबै घरहरुले मेट्रिक प्रणाली अन्तर्गत वैज्ञानिक तबरले घर नम्बर प्राप्त गर्नेछन्

 यसरी बाटाहरुको नाम घरघरमा नम्बर प्रदान गरेपछि कुनैपनि बाटो घर एकीन गर्न सजिलो हुने क्षेत्रीय आयोजना कार्यान्वयन इकाई धनगढीका आयोजना व्यवस्थापक परिक्षित कडरियाले जानकारी दिए ।   यसका लागि संस्थागत विकास परामर्शदाताबाट कार्य भइरहेको पनि उनले बताए ।  यस क्रममा चारवटै नगरमा सर्वेक्षण टोली घर घरमा पुगिरहेका छन्

  मेट्रिक ठेगाना प्रणालीमा प्रदान गरिने घरनम्बर मूल सडकको केन्द्रबाट घरको मूल गेटको दुरीमा आधारित भएको जीआइएस प्रणाली विज्ञ उमेश कुँवरले बताए । यसबाट बाटो पत्ता लाग्ने वित्तिकै घर कति टाढा भन्ने सजिलै थाहा पाउन सकिन्छ घर नम्बर दिँदा बाटोको बायाँपट्टि विजोर दायाँपट्टि जोर नम्बर दिइने पनि कुँवरले बताए ।  

 ठेगाना प्रणाली लागु भएसँगै हरेक घरले घर नम्बर देखिने गरी राख्नुपर्नेछ पछि थपिने घरहरुका लागि सम्बन्धित नगरपालिका बाटै घर नम्बर प्रदान हुने पनि आयोजनाले जनाएको यसरी पूर्ण रुपमा घर नम्बरहरु प्रदान गरिसकेपछि पत्राचार लगायत आफ्नो ठेगाना लेख्दा पूर्ण रुपमा नयाँ ढाँचामा लेख्नुपर्ने त्यसरी लेखिएको ठेगाना सजिलै पहिचान हुने पनि आयोजनाको भनाई

  हाल स्थान बाटोको नामकरण सम्बन्धी कार्यहरु भइरहेकोले नामाकरणको क्रममा स्थानीय चलनचल्ती, ऐतिहासिकता लगायतका आधारमा नाम उपलब्ध गराउने कार्यमा सहयोग गर्न सबै स्थानीयबासीलाई आयोजनाले आग्रह गरेको  

   नामाकरणको क्रममा एक भन्दा बढी वडामा पर्ने सडकको नामाकरण सम्बन्धित नगरपालिकाबाट हुने बताएको