धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीको कृषि विकास बैंक क्याम्पसरोड शाखाका कर्मचारीमा कोरोना संक्रमण

धनगढी

    कृषि विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको क्याम्पसरोडमा रहेको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

   सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मा बस्दै आएका २९ बर्षीय बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

   शाखा प्रवन्धक चक्रविर भण्डारीले चिकित्सकहरुको सल्लाह अनुसार अन्य कर्मचारीको पनि कोरोना परीक्षण गरिने बताए ।