धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024
अछामको रामारोशन गाउपालिकामा पहिरो

एनआरएन लघुबित्तद्धारा ९ लाख १२ हजार ऋण मिनाहको प्रकृया शुरु

एनआरएन लघुबित्तद्धारा ९ लाख १२ हजार ऋण मिनाहको प्रकृया शुरु
रामारोशनका पहिरो प्रभावितहरुलाई राहत बितरण गर्दै एनआरएनका नायब प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटाला

धनगढी

एनआरएन लघुबित्त बित्तीय संस्थाले अछामको रामारोशन गाउपालिकामा पहिरो गएर क्षति पुगेका आफ्ना ऋणीहरुको ९ लाख १२ हजार ३२ रुपैयाँ ऋण मिनाहको प्रकृया अघि बढाएको छ ।

 पहिरोले बस्ती नै बगाएपछि ऋणीहरुको मृत्यु भएको, परियोजनामा क्षति पुगेकोले राहत स्वरुप ऋण मिनाहको प्रकृया अघि बढाईको एनआरएन लघुबित्तका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले बताए । पहिरोले बस्ती नै बगाएको छ, मानवीय र भौतिक क्षति पुगेको छ । शाहले भने त्यसैले सदस्य र ऋणीहरुले संचालन गरेको परियोजना नै नरहेपछि ऋण तिर्न सक्ने अवस्था नरहेकोले ऋण मिनाहको प्रकृया अघि बढाएका छौं ।

एनआरएनले रामारोहन गाउपालिकाको वडा नम्बर ५ सैनीबजारका मृत्यु भएका र परियोजना पुर्ण रुपमा नष्ट भएका ऋणीहरुको ७ लाख ६४ हजार १ शय २२ रुपैयाँ र र पुल बजार र मुजा बजारका परियोजना पुर्ण रुपमा नष्ट भएका ऋणीहरुको १ लाख ४८ हजार ३२ रुपैयाँ ऋण मिनाह गर्ने भएको हो ।

प्रमुख कार्यकारी अधिकृत शाहले सामाजिक दायित्व अन्तरगत सदस्य र ऋणीहरुलाई अप्ठेरो परेको बेलामा एनआरएनले सामाजिक उत्तरदायित्व निर्वाह गर्न लागेको बताए ।

भदौ ८ गते राति बर्षासँगै पहिरो आउदा रामारोशन गाउपालिका वडा नम्बर ५ को सैनी बजार र मुजाबजारका ७ जनाको मृत्यु भएको छ, १० जना अझै बेपत्ता छन् । सैनीबजार, पुल बजार र मुजाबगरमा भौतिक क्षति पुरयाएको थियो ।

३ लाख ५७ हजार राहत बितरण

एनआरएन लघुबित्तले पहिरोमा परेर ज्यान गुमाएका र क्षति ब्यहोरेका सदस्य र ऋणीहरुलाई ३ लाख ४७ हजार रुपैयाँ राहत बितरण गरेको छ । सैनीबजारमा सदस्य र श्रीमानको मृत्यु भएका ३ जनालाई ३० हजार, मृत्यु भएका सदस्य १ जनाका परिवारलाई ७ हजार, पुर्ण रुपमा परियोजना नष्ट भएका ऋणीलाई १ लाख ६० हजार राहत बितरण गरिएको छ । त्यस्तै पुल बजार र मुजा बजारका पुर्ण रुपमा परियोजना नष्ट भएका ऋणीलाई ६० हजार र पुर्ण रुपमा परियोजना नष्ट भएका सदस्यलाई १० हजार राहत प्रदान गरेको छ ।