धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

डोटीको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि

डोटीको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि

धनगढी

 डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज भएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 डोटी जिल्ला अस्पतालका ल्याब ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार भदौ ११ र १२ गते गरि डोटी अस्पतालको प्रयोगशालामा गरिएको २ सय २८ नमुना परिक्षण मध्य ९ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार डोटीकै सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरि ९ जनामा संक्रमण पुष्टि भएको छ ।