धनगढी पोष्ट
शुक्रबार, १२ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा आज थप ४५ जनामा संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती अस्पतालको प्रयोगशाला र डोटी अस्पतालको प्रयोगशालामा गरि ४५ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भने सबैको नतिजा नेगेटिभ आएको छ ।
सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार शुक्रबार ५ सय ४४ जनाको परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा १९ जना कैलालीका रहेका छन् भने १७ जना कंचनपुरका रहेका छन् ।
बिज्ञप्ती अनुसार कैलालीको बर्दगोरीयाका १ महिला र ४ पुरुष, गौरीगंगाका २ महिला र ४ पुरुष, चुरेका १ महिला र ३ पुरुष, धनगढीका १ महिला र १ पुरुष, घोडाघोडीका १ महिला र अर्का एक जना कैलालीकी महिलामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।
यसैगरी कंचनपुरको शुक्लाफाँटाका १० जना, पुर्नवासका २ जना, महाकालीका ४ जना र बेलौरीका १ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।
यसैगरी शुक्रबार नै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परिग्क्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डोटी जिल्ला अस्पतालका ल्याब ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार भदौ ११ र १२ गते गरि डोटी अस्पतालको प्रयोगशालामा गरिएको २ सय २८ नमुना परिक्षण मध्य ९ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार डोटीकै सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरि ९ जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा भने सबैको नतिजा नेगेटिभ आएको छ ।
अस्पतालले जारी गरेको प्रेश बित्रप्ती अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय १ नमुना सबैको नतिजा नेगेटिभ आएको हो ।