धनगढी पोष्ट
शुक्रबार, १२ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा आज गरिएको परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
केही दिन अघि मुख्यमन्त्री भट्टका सवारी चालकमा कोरोना पुष्टि भएपछि मुख्यमन्त्री सहित कर्मचारी आईसोलेसनमा बसेका थिए । मुख्यमन्त्री भट्ट सहित उनको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत कर्मचारीहरुको विहीवार स्वाब संकलन गरिएको थियो ।
मुख्यमन्त्री कार्यालयवाट विहिवार लिइएका स्वाब मध्ये चार जनाको परिक्षण बाँकी भएपनि मुख्यमन्त्री सहित निवास सुरक्षाकर्मी, सचिवालय र मन्त्रालयका कर्मचारी सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयका सूचना अधिकारी जगदीश जोशीले जानकारी दिए ।