धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सरकार बिरुद्ध धनगढीमा युवाको प्रदर्शन

समयमा भ्रष्टाचार बढेको, कोरोना महामारीको उचित ब्यबस्थापन नगरेको लगायतका बिषयमा धनगढीका युवाले खबरदारी गरेका छन् ।

सरकार बिरुद्ध धनगढीमा युवाको प्रदर्शन

धनगढी

    राजधानी धनगढीमा स्वतन्त्र युवाहरुले सरकारका बिरुद्ध बिरोध प्रर्दशन गरेका छन । पछिल्लो समयमा भ्रष्टाचार बढेको, कोरोना महामारीको उचित ब्यबस्थापन नगरेको लगायतका बिषयमा धनगढीका युवाले खबरदारी गरेका छन् ।

  धनगढीको ट्राफिक चौराहमा आज दिउसो त्यहाँ खटिएका सुरक्षाकर्मीलाई माक्स बितरण गरेर प्रर्दशन शुरु गरिएको थियो । उक्त प्रर्दशनमा ठुलो संख्यामा युवा युवतीहरु प्ले कार्ड सहित सहभागि भएका थिए । सरकारले गरेका बिभिन्न गलत क्रियाकलाप रोक्नु पर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्नुपर्ने, आरडिटी परिक्षण तत्काल रोकी पिसिआर परिक्षण बढाउनु पर्ने लगायत नारा प्ले कार्डमा उल्लेख गरिएका थिए ।  झण्डै एक घण्टा प्रर्दशन पछि उनीहरुले सुरक्षाकर्मीलाई पानी बितरण गरेर प्रर्दशन टुङग्याएका थिए ।

   यस समुहले केह दिन अघि मात्र धनगढी स्थित मुख्यमन्त्री कार्यालय अगाढी १ घण्टा धर्ना समेत दिएका थिए ।