धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सेतीको परिक्षणमा १५ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा १५ जनामा कोरोना पुष्टि

धनगढी

  सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा शनिवार गरिएको परिक्षणमा अछाम साफेबगरका ९ सहित १५ जनामा संक्रमण पुष्टि भएको छ ।

   सेती अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३९ जनाको परिक्षण गरेकोमा  ३ महिला र १२ पुरुष गरि १५ जनामा संक्रमण पुष्टि भएको छ ।

  बिज्ञप्ती अनुसार अछाम साफेबगर नगरपालिकाका १ महिला र ८ पुरुष गरि नौ जना, कैलालीको गोदावरीका १ महिला र ३ पुरुष गरि ४ जना, धनगढीका एक महिला  र कैलालीका एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

 

 


ट्रेन्डिङ