धनगढी पोष्ट
शनिबार, १३ भदौ २०७७ मा प्रकाशित
धनगढी
नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भए सँगै मृतकको कुल संख्या २ सय ७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।