धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

डडेल्धुराको परिक्षणमा बझाङको दुर्गाथलीका ४७ सहित ४९ जनामा संक्रमण पुष्टि

डडेल्धुराको परिक्षणमा बझाङको दुर्गाथलीका ४७ सहित ४९ जनामा संक्रमण पुष्टि

धनगढी

 डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणमा बझाङको दुर्गाथलीका ४७ सहित ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

  प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भुषालका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५७ नमुना परिक्षण गरिएकोमा ४९ को नतिजा पोजेटिभ आएको हो । उनका अनुसार संक्रमण पुष्टि भएका ४९ जनामा बझाङको दुर्थाथली गाउँपालिकाका ४७ जना र दार्चुलाका दुई जना रहेका छन् ।

  दार्चुलाका संक्रमण पुष्टि भएका दुई जनामा शैल्यशिखर नगरपालिकाका एक जना र  जिल्ला प्रहरी कार्यालयका एक जना प्रहरी रहेको प्रयोगशाला ईन्चार्ज भुषालले बताए ।