धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

सेतीको परिक्षणमा धनगढीका १० सहित थप ४० जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा  धनगढीका १० सहित थप ४०  जनामा कोरोना पुष्टि

धनगढी

 सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परिक्षणमा धनगढीका १० सहित थप ४० जनामा संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८५ स्वाव परिक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ ।

बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिकाका ६ महिला ४ पुरुष गरि १० जना, अछाम तुर्माखाँदका २ महिला र १० पुरुष गरि १२ जना, रामारोशन अछामका १ महिला ५ पुरुष गरि ६ जना, गोदावरी कैलालीका २ पुरुष, जोशीपुर कैलालीका २ महिला, कैलालीको कैलारीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कंचनपुरको भिमदत्त नगरपालिकाका १ महिला ४ पुरुष गरि ५ जना र बेदकोट कंचनपुरका २ जना महिलामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।