सुदूरपश्चिममा आज १०३० को परिक्षणमा १०० जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा आज १०३० को परिक्षणमा १०० जनामा संक्रमण पुष्टि

धनगढी

  सुदूरपश्चिम प्रदेशमा आईतबार थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका धनगढी, डोटी र डडेल्धुरा गरि  तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा १ सय जनामा संक्रमण पुष्टि भएको हो ।

 आईतबार धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ४० जना, डोटी अस्पतालको प्रयोगशालामा ११ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

   सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परिक्षणमा धनगढीका १० सहित थप ४० जनामा संक्रमण पुष्टि भएको छ ।

  सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८५ स्वाव परिक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ ।

 बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिकाका ६ महिला ४ पुरुष गरि १० जना, अछाम तुर्माखाँदका २ महिला र १० पुरुष गरि १२ जना, रामारोशन अछामका १ महिला ५ पुरुष गरि ६ जना, गोदावरी कैलालीका २ पुरुष, जोशीपुर कैलालीका २ महिला, कैलालीको कैलारीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी कंचनपुरको भिमदत्त नगरपालिकाका १ महिला ४ पुरुष गरि ५ जना र बेदकोट कंचनपुरका २ जना महिलामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

 यसैगरी आईतबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा  गरिएको परिक्षणमा बझाङको दुर्गाथलीका ४७ सहित ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

 प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भुषालका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५७ नमुना परिक्षण गरिएकोमा ४९ को नतिजा पोजेटिभ आएको हो । उनका अनुसार संक्रमण पुष्टि भएका ४९ जनामा बझाङको दुर्थाथली गाउँपालिकाका ४७ जना र दार्चुलाका दुई जना रहेका छन् । दार्चुलाका संक्रमण पुष्टि भएका दुई जनामा शैल्यशिखर नगरपालिकाका एक जना र  जिल्ला प्रहरी कार्यालयका एक जना प्रहरी रहेको प्रयोगशाला ईन्चार्ज भुषालले बताए ।

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आईतबार नै गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका ल्याब ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार ८८ जनाको परिक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको  हो । संक्रमण पुष्टि भएका सबै डोटी जिल्लाका नै रहेका   छन् ।

  ल्याब ईन्चार्ज श्रेष्ठका अनुसार सायल गाउँपालिकाका एक पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक पुरुष, पुर्विचौकी गाउँपालिकाका वडा नंम्बर ६ का ५ पुरुष र ३ महिला गरि आठ जना र पुर्विचौकीकै वडा नंम्बर ७ का एक महिलामा संक्रमण पुष्टि भएको हो ।


ट्रेन्डिङ