धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

धनगढी स्थित निसर्ग अस्पतालका दुई नर्स सहित चार जनामा संक्रमण

धनगढी

   धनगढीको निसर्ग अस्पतालका दुई जना नर्स सहित चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आईतबार गरिएको परीक्षणका क्रममा दुई जना स्टाफ नर्स र दुई जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

  पुष्टि भएकामा धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २३ वर्षीय र वडा नम्बर ८ की २५ वर्षीया गरी दुई स्टाफ नर्स रहेका छन् । यसैगरी वडा नम्बर २ की ३० र वडा नम्बर ७ की ३२ वर्षीया दुईजना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको छ । केही दिन अघि मात्र निसर्ग अस्पतालको आईसीयुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

     निसर्ग अस्पतालका संचालक कुबेर शाहीले आइतबार कोरोना संक्रमण देखिएका सबै कर्मचारी क्वारेन्टिाइनमा रहेको संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको बताए   अस्पतालका बिरामीमा कोरोना देखिएपछि सबै कर्मचारी ( शय ३५ जना ) को स्वाब परिक्षणका लागि पठायौं शाहीले भने  रिपोर्ट आउन बाकी रहेका कर्मचारीमा आज कोरोेना देखिएको हो उनीहरु सबै आइसोलेसनमा छन्

परिक्षणमा  कोरोना संक्रमण नदेखिएका थोरै कर्मचारीबाट मात्र अस्पताल संचालन भैरहेको संचालक शाहीले बताए