धनगढी पोष्ट
आइतबार, १४ भदौ २०७७ मा प्रकाशित
धनगढी
भारतबाट भन्सार छली ल्याएका एक लाख ६६ हजार रुपैयाका मोबाइलका पार्टपुर्जा सहित प्रहरीले अमन अहमदलाई पक्राउ गरेको छ ।
धनगढी उपमहामनगरपालिका वडा नम्बर १ स्थित घरमा रहेको मोबाइल मास्टर रिपेरिङ सेन्टरबाट मोबाइलका डिस्प्ले २ शय थान, मोबाइल टर्च ५६ थान, किबोडवाला मोबाइलको डिस्प्ले ३३ थान, ब्याट्री १ शय ६ थान, ब्याक कभर ७२ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शुक्रबार पक्राउ परेको अहमद र बरामद सामान सहित आइतबार त्रिनगर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।