धनगढी पोष्ट
सोमबार, १५ भदौ २०७७ मा प्रकाशित
धनगढी
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज गरेको परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ल्याब ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार पछिल्लो ३४ घण्टामा परिक्षण गरिएका ८३ नमुना मध्य ७ जनामा संक्रमण पुष्टि भएको हो ।
ल्याब ईन्चार्ज श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा डोटीको आदर्श गाउँपालिकाका २ पुरुष र अछामको मंगलशेन नगरपालिकाका २ महिला र ३ पुरुष गरि ५ जना रहेका छन् ।