धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

गौरीफण्टा नाका विवादबारे काँग्रेस कैलालीको ध्यानाकर्षण

गौरीफण्टा नाका विवादबारे काँग्रेस कैलालीको ध्यानाकर्षण

धनगढी

   नेपाली काँग्रेस कैलालीका सभापति नरनारायाण शाह नेतृत्वको काँग्रेसको टोलीले पछिल्लो केही दिन यता देखिएको गौरिफण्टा नाकाको विवाद लगायतका बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

  सोमबार दिउसो जिल्ला प्रशासन कार्यालय कैलालीमा पुगेर  नेपाली काँग्रेस, कैलालीको एक प्रतिनिधिमण्डलले जिल्लाको गौरीफन्टा त्रिनगर भंसार नाकाको पछिल्लो अवस्था, कोरोना संक्रमण रोकथाम तथा स्थानीय प्रशासनद्वारा लागू गरिएको लकडाउन (निषेधाज्ञा) का सम्बन्धमा प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिनुका साथै आफ्नो सुझाब राखेको टोलीमा सहभागि नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य नृप सुनारले जानकारी दिए ।

सो अबसरमा  नेपाली कांग्रेस कैलालीका पार्टी सभापती नरनारायण शाहले लकडाउन र यस्ले जनतामा परेको प्रभाव , पिसिआर टेष्टको दायरा बढाउनु पर्ने लगायतका सुझाब दिएका थिए ।

 सभापति शाहले गौरीफन्टा भन्सारको ऐतिहाँसीक पक्षका बारेमा समेत प्रजिअलाई जानकारी गराएका थिए ।  सो अबसरमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भन्सार सघिय सरकार अन्तर्गत भएकाले यसको निर्णय केही पनि नभएको बताए ।  टोलीमा जिल्ला उपसभापति प्रकाश बम, जिल्ला सदस्य शेर बहादुर देउवा, पुरन चौधरी, नृप बहादुर सुनार रहेका थिए ।