धनगढी पोष्ट
सोमबार, १५ भदौ २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा ११ हजार ४ सय ९० नमुना परीक्षण गर्दा ३ सय ३ महिला र ५ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये २ सय ९८ जना काठमाडौं उपत्यकाका छन् । यस सँगै संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । उनीहरुमध्ये २ सय २८ जनाको मृत्यु भएको छ भने २१ हजार ४ सय ९० जना कोरोनामुक्त भएका छन् ।