धनगढी पोष्ट शनिबार, २६ पुष २०८२   January 10, 2026

सेतीको परिक्षणमा धनगढीका १३ सहित १९ जनामा संक्रमण पुष्टि

सेतीको परिक्षणमा धनगढीका १३ सहित १९ जनामा संक्रमण पुष्टि

धनगढी

 सोमबार सेती प्रादेशीक अस्पतालको परिक्षणमा धनगढीका १३ सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  पछिल्लो २४ घण्टामा ६ सय ९३ जनाको स्वाव परिक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

 बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिका ५ का ४ महिला ५ पुरुष गरि ९ जना, धनगढी ३ का एक महिला र एक पुरुष गरि दुई जना, धनगढी १ का दुई पुरुषमा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी कैलालीको जानकीका एक पुरुष, बर्दगोरियाका एक पुरुष, लम्की चुहाका एक महिला, कंचनपुरको बेदकोटका एक महिला र एक पुरुष र कंचनपुरको भिमदत्तका एक पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।