धनगढी पोष्ट
सोमबार, १५ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा सोमबार थप २६ जना कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १९ जना र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६ सय ९३ जनाको परीक्षण गरिएकोमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ९ जना, वडा नम्बर ३ र १ का २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका एक जना, बर्दगोरीया गाउँपालिकाका एक जना र जानकी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका –१८ का एक जना र कञ्चनपुरकै बेदकोट नगरपालिकाका एक जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा सोमबार ८३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको आर्दश गाउँपालिका –३ का २ जना, अछामको मंगलसेन नगरपालिका –१ का ३ जना, मंगलसेनकै वडा नम्बर ४ र ८ का एक÷एक जनामा कोरोना पुष्टि भएको छ ।