धनगढी पोष्ट
सोमबार, १५ भदौ २०७७ मा प्रकाशित
धनगढी
सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमण हुने प्रहरीको संख्या ७ पुगेको छ ।
सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरीमा कार्यरत २७ र ३६ बर्षीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आईतबार मात्र थप एक जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । त्यस अघि जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।