धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

नदीमा डुबेर दुई जना बालिकाको मृत्यु

नदीमा डुबेर दुई जना बालिकाको मृत्यु
फाइल फोटो

महेन्द्रनगर

  कञ्चनपुरमा माछा मार्ने क्रम नदिमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ। सोमबार जिल्लाको लालझाँडी गाउँपालिका -२ स्थित दोदा नदिमा माछा मार्ने क्रममा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापा क्षेत्रीले बताएका छन् ।

   मृत्यु हुनेमा लालझाँडी गाउँपालिका-२ कुञ्जका स्थानीय १२ वर्षिया मोनिका राना र ११ वर्षिया श्रृटी रहेका छन् । सगै नदिमा डुबेी १४ वर्षिया अनु रानाको जिबित उद्धार गरिएको डिएसपी अमर थापा क्षेत्रीले बताए ।

  मृत्यु भएका दुबै जनाको शब बगेको भन्दा ३०० मिटर अगाडि फेला परेको क्षेत्रीले  जानकारी दिए ।

 

 


ट्रेन्डिङ