धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सेतीको एम्बुलेन्स चालकको सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि

सेतीको एम्बुलेन्स चालकको सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि

धनगढी

  यस अघि कोरोना संक्रमण पुष्टि भएका सेती प्रादेशीक अस्पतालका एम्बुलेन्स चालकका सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  सोमबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका मध्य ८ जना एम्बुलेन्स चालकको सम्पर्कमा रहेकाहरु रहेका छन् ।

   एम्बुलेन्स चालकका परिवारका सदस्य सहित उनको सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि भएको हो । वडा नम्वर ५ कै अर्का संक्रमण पुष्टि भएका कानुन व्यवसायी रहेका    छन्  । धनगढीमा मात्र सोमवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएका कसैको पनि बाह्य ट्राभल हिस्ट्री नरहेको बताईएको छ ।

यसैगरी आज संक्रमण पुष्टि भएकामा वडा नम्वर ३ का नौँ महिनाकी शिशु र २५ बर्षीय युवक रहेका छन् ।  यसअघि धनगढीको बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएकोमा आज उनकी नौँ महिनाकी छोरीमा पनि संक्रमण देखिएको हो ।

 आज धनगढीमा पुष्टि भएका अन्य दुई जना भने जिल्ला प्रहरीमा कार्यरत प्रहरी रहेका छन् । यो संगै धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई सय ४३ पुगेको छ ।