धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

प्रदेशको राजधानी धनगढीमा मात्र स्थानीय संक्रमितको संख्या ७५ पुग्यो

धनगढी

   सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मात्र स्थानीय संक्रमितको संख्या ७५ पुगेको छ । राजधानी रहेको धनगढी उपमहानगरपालिकामा हरेक दिन स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ ।

  पछिल्ला केही दिन यताको संक्रमितको दर र अवस्था हेर्दा कोरोना संक्रमण समुदायस्तरमै फैलिन थालेको उपमहानगरपालिकाको ठहर छ ।

 धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले पछिल्लो समय उपमहानगर क्षेत्रमा स्थानीय संक्रमितको संख्या बढ्दै गएकाले समुदाय स्तरमा परिक्षणको तयारी गरेको बताए । उनले भने–‘हामीले समुदाय स्तरमा परिक्षणको तयारी गरेका छौं, स्थानीयले पनि  सतेतना अपनाउन जरुरी छ ।

  धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले भने– ‘धनगढीमा समुदायमा कोरोना संक्रमण फैलिदै गएको छ । हामी टेस्टीङ र कन्ट्रयाक्ट ट्रेसिङमा जोड दिन्छौ । उनका अनुसार प्रदेशमै पहिलो पटक गत चैत १४ गते धनगढीमा कोरोना संक्रमण देखिएको थियो ।

 धनगढीमा सोमवार सम्म दुई सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ७५ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए ।