धनगढी पोष्ट
शुक्रबार, ३० जेठ २०७७ मा प्रकाशित
मृतकको संख्या १६ पुग्यो
धनगढी,
अर्घाखाँचीमा कोरोना भाइरस संक्रमण भएका एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अर्घ खाँचीको मालारानीका ५७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । योसंगै नेपालमा कोरोनाभाइरसबाट मृत्यू हुनेको संख्या १६ पुगेको छ ।
गौतमका अनुसार भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा उनी बसेका थिए । ती पुरुषमा स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घर फर्किने क्रममा उनको बुधबार बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । उनको मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।