धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

डडेल्धुरा परिक्षणमा बझाङका ३८ सहित थप ५६ जनामा संक्रमण पुष्टि

धनगढी

  मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा ५ सय ३५ नमुनाको परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

 उनका अनुसार संक्रमण पुष्टि हुनेमा बझाङ  बझाङक केदारस्यु गाउँपालिकाका १६ जना,बुंगल नगरपालिकाका १४ जना, बित्थडचिर गाउँपालिकाका २ जना, छबिसपाथिभेरा गाउँपालिकाका २ जना र थलारा गाउँपालिकाका ४ जना रहेका छन् ।

  यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका २ जना र बैतडीका ११ जनामा संक्रमण पुष्टि भएको ईन्चार्ज भुषालले बताए । बैतडीका ११ जनामा सिंगास गाउँपालिकाका ८ जना, मेलौली नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका १ जना रहेको भुषालले जानकारी दिए ।


ट्रेन्डिङ