डोटीको परिक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि

डोटीको परिक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि

धनगढी

मंगलबार डोटी अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ७७ नमुना मध्य ३१ जनामा संक्रमण पुष्टि भएको ल्याव ईन्चार्ज शौरभ श्रेष्ठद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

 बिज्ञप्ती अनुसार डोटीको सुल्लेखका २१ जना पुरुष,केआईसिंह गाउँपालिका ४ का एक पुरुष, शिखर १ का २ जना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ ।

  यसैगरी बान्नीगडी जयगडीका ३ जना पुरुष र रामारोशनका २ महिला र २ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।