धनगढी पोष्ट
मङ्गलबार, १६ भदौ २०७७ मा प्रकाशित
काठमाडौँ
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार वर्षीया बालिका सहित ११ जनाको मृत्यु भएको हो ।
महोत्तरीमा ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुष सहित दुई जना, सिरहाका ६५ वर्षीय पुरुष, पर्साका ५३, ८० र ६० वर्षीय पुरुष गरी तीनजना, बाराका ६० वर्षीय पुरुष, चितवनका ५२ वर्षीय पुरुष, काठमाडौँका ३५ र ७० वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस सँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ३९ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन उकालो लागिरहेको छ । मंगलबार मात्रै देशभर १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ ।