धनगढी पोष्ट
मङ्गलबार, १६ भदौ २०७७ मा प्रकाशित
धनगढी
मंगलबार सुदूरपश्चिम प्रदेशमा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५६ जना, डोटी अस्पतालको प्रयोगशालामा ३१ जना र धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा १४ जना गरि थप १ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ५ सय ६६ जनाको परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्ती अनुसार धनगढी ४ का १ महिला र २ पुरुष गरि ३ जना, धनगढी ६ का एक महिला, धनगढी १२ का एक महिला र धनगढी १९ का एक महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी गोदावरी नगरपालिकाका ३ महिला र १ पुरुष गरि ४ जना, गौरीगंगामा एक पुरुष र कंचनपुरको भिमदत्तनगरका ३ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।
मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा ५ सय ३५ नमुनाको परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा बझाङ केदारस्यु गाउँपालिकाका १६ जना,बुंगल नगरपालिकाका १४ जना, बित्थडचिर गाउँपालिकाका २ जना, छबिसपाथिभेरा गाउँपालिकाका २ जना र थलारा गाउँपालिकाका ४ जना रहेका छन् ।
यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका २ जना र बैतडीका ११ जनामा संक्रमण पुष्टि भएको ईन्चार्ज भुषालले बताए । बैतडीका ११ जनामा सिंगास गाउँपालिकाका ८ जना, मेलौली नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका १ जना रहेको भुषालले जानकारी दिए ।
मंगलबार नै डोटी अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ७७ नमुना मध्य ३१ जनामा संक्रमण पुष्टि भएको ल्याव ईन्चार्ज शौरभ श्रेष्ठद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्ती अनुसार डोटीमा कार्यरत २१ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको छ । यसैगरी केआईसिंह गाउँपालिका ४ का एक पुरुष, शिखर १ का २ जना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ । यसैगरी बान्नीगडी जयगडीका ३ जना पुरुष र रामारोशनका २ महिला र २ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।