धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सेतीको परिक्षण धनगढीका ९ सहित २५ जनामा कोरोना पुष्टि

सेतीको परिक्षण धनगढीका ९ सहित २५ जनामा कोरोना पुष्टि

धनगढी

सेती प्रादेशीक अस्पतालको बुधबारको परिक्षणमा धनगढीका ९ जना सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

   पछिल्लो २४ घण्टामा ४ सय ९० जनाको स्वाव परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

 बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिका ५ का ६ महिला र २ पुरुष गरि ८ जना, धनगगढी ४ का एक पुरुष, कैलालीकै घोडाघोडीका २ महिला र ३ पुरुष गरि ५ जना, लम्की चुहा ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कंचनपुरको भिमदत्त १८ का एक पुरुष र दुर्गाथली गाउँपालिका बझाङका ४ महिला र ५ पुरुष गरि ९ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।