धनगढी पोष्ट आइतबार, ०९ कार्तिक २०८२   October 26, 2025

सुदूरपश्चिममा बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 बुधबार सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालमा गरि ८ सय ८० नमुना परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

 धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनगढीका ९ जना सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   पछिल्लो २४ घण्टामा ४ सय ९० जनाको स्वाव परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिका ५ का ६ महिला र २ पुरुष गरि ८ जना, धनगगढी ४ का एक पुरुष, कैलालीकै घोडाघोडीका २ महिला र ३ पुरुष गरि ५ जना, लम्की चुहा ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कंचनपुरको भिमदत्त १८ का एक पुरुष र दुर्गाथली गाउँपालिका बझाङका ४ महिला र ५ पुरुष गरि ९ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

 बुधबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङ जिल्लाका ९ जना सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त प्रयोगशालामा २ शय ९० जनाको परिक्षण गरिएकोमा बझाङको दुर्गाथली गाउपालिकाका ३ जना, मष्टा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका २ जना, तल्कोट गाउँपालिकाका १ जना र डडेल्धुराको अमरगढी नगरपालिकाको एक जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

यसैगरी जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षमण अछामको रामारोशन गाउपालिकाका १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

  एक शय नमुनाको परिक्षण गरिए पनि रामारोशन गाउँपालिकाका एक जनामा मात्र संक्रमण देखिएको  जिल्ला अस्पताल डोटीले जनाएको छ ।