धनगढी पोष्ट
बुधबार, १७ भदौ २०७७ मा प्रकाशित
धनगढी
कैलालीमा जारी निषेधाज्ञा भदौ २० देखि खुकुलो हुने भएको छ । भदौ ४ गतदेखि जारी निषेधाज्ञा केही खुकुलो हुने गरि भदौ २९ गतेसम्म जारी रहने आदेश कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बुधबार जारी गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्धारा जारी आदेश अनुसार भदौ २० देखि जिल्लाभर जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात संचालन हुनेछन् ।सार्वजनिक सवारी साधन संचालन गर्दा एक लाइनमा एक जना मात्र बस्न पाउनेछन् अर्थात ५० प्रतिशत यात्रु मात्र बोक्न पाइनेछ ।
सिटी रिक्सा र अटो रिक्सा जोर बिजोर प्रणाली अनुसार संचालन हुनेछन् र बढीमा २ जना यात्रु मात्र बोक्न पाउनेछन् ।