धनगढी पोष्ट
बुधबार, १७ भदौ २०७७ मा प्रकाशित
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केही खुकुलो पार्दै भदौ २० देखि ३१ गतेसम्म कैलालीमा निषेधाज्ञा जारी रहने आदेश जारी गरेका छन् । आदेश अनुसार के के खुल्ला र के के बन्द हुन्छन् त ?
संचालन गर्न पाइने
१) जिल्लाभर जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात
संचालन हुनेछन् । सार्वजनिक सवारी साधन संचालन गर्दा एक
लाइनमा एक जना मात्र बस्न पाउनेछन अर्थात ५० प्रतिशत यात्रु
मात्र बोक्न पाइनेछ ।
२ ) सिटी रिक्सा र अटो रिक्सा जोर बिजोर प्रणाली अनुसार संचालन
हुनेछन् र बढीमा २ जना यात्रु मात्र बोक्न पाउनेछन् ।
३) खाद्य बस्तु, इनधन, खाना पकाउने ग्यास, तरकारी, फलफुल, डेरी,
हार्डबेयर, कपडा पसल लगायतका पसलहरु स्वास्थ्य मापदण्ड
पालना गरेर बिहान ५ देसख साझ ७ बजेसम्म खुलन सक्नेछन् ।
४) होटल रेष्टुरेन्टले अर्डर अनुसारका होम डेरिभरि गर्न सक्नेछन्,
ग्राहक आफै आएर पनि लिन सक्नेछन् । तर होटलमा बसेर
खानपिन गर्न पाइने छैन ।
५) बैंक तथा बित्तीय संस्था ( सहकारी र बिमा समेत ) बिहान ११
देखि दिउँसो २
बजेसम्म संचालन गर्न पाइने छ ।
६) सुरक्षा मापदण्ड, यातायात मापदण्ड र जनस्वास्थ्य मापदण्ड
अपनाएर उद्योग संचालन गर्न पाइने छन् ।
संचालन गर्न नपाइने
१) सबै प्रकारका शैक्षिक संस्था, तालिम केन्द्र, सिनेमा हल, पार्टी
प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना,
फिटनेस सेन्टर, जिमखाना, स्पा, ब्युटीपार्लर, सैलुन लगायतका सेवा
तथा स्थललाई हाललाई संचालन गर्न नपाउने
२) ठेलागाडा वा साइकलमा संचालन हुने फलफुल तरकारी बाहेक
अन्य प्रकारका व्यापार व्यवसाय संचालन नगर्ने
३) जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय,
यातायात कार्यालय जसता अत्यधिक भीडभाड हुने कार्यालयले
दैनिक प्रशासनिक बाहेकका अन्य सेवा भदौ ३१ सम्म स्थगित गर्ने
४) जिल्लाभरिको कुनै पनि स्थानमा बिहान ९ बजेखि बिहान ५ बजेसम्म हिडडुल गर्न नपाइने
५) दैनिक रुपमान गरिने नित्य पुजा प्रार्थना बाहेकका धार्मिक तथा
साँस्कृतिक कार्यहरु, मेला, चाडपर्ब, हाटबजार, महोत्सव, भेला तथा
अन्य सामुहिक गतिविधिहरु गर्न गराउन नपाउने
६) सरकारी तथा सार्वजनिक कार्यालयहरुले आलोपाले गरि
न्युन संख्यामा कर्मचारी उपस्थित गराई आ—आफनो कार्यालयको
प्रकृति अनुसार कार्यालय संचालन गर्ने