धनगढी पोष्ट
बिहिबार, १८ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ९ सय रहेको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरी बुधबार सम्म ५ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको र त्यसमा ५हजार जना संक्रमण निको भई डिष्चार्ज भई घर फर्किसकेका छन् ।
वाँकी रहेका संक्रमित मध्य प्रदेशभरी सकृय संक्रमित ९ सय जना रहेको मन्त्रालयले जनाएको छ । ति मध्य ९४ जना संक्रमित प्रदेशभरीका बिभिन्न अस्पातलका आईसोलेशनमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेशभरी ६३ हजार ६ सय ८३ जनाको स्वाव परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।