धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

अब सवारी पासको निवेदन र  स्वीकृतिको जानकारी अनलाइनबाटै

सवारी पासको लागि कार्यालयमा आउन नपर्ने र निवेदन स्वीकृत भएमा इमेलबाट नै जानकारी गराइने  छ

 

धनगढी

   अति जरुरी कामले सवारी पास आवश्यक पर्ने व्यक्तिहरुलाई काम खुलाएर आवश्यक कागजात सहित निवेन दिन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ ।

  पासको आवश्यकता पुष्टि हुने बिबरण खुलाएर कागजात सहित जिल्ला प्रशासन कार्यालयको इमेलमै  निवेदन दिन प्रशासकीय अधिकृत शिवराज जोशीले एक सुचना मार्फत आग्रह गरेका छन् ।

   कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा रहेको हुँदा कुनै पनि व्यक्ति र संस्थाले सवारी पासको लागि कार्यालयमा आउन नपर्ने र निवेदन स्वीकृत भएमा इमेलबाट नै जानकारी गराइने  बिज्ञप्तिमा उल्लेख छ । निवेदन दिनका लागि आवश्यक निवेदनको नमुना जिल्ला प्रशासन कार्यालयको वेवसाइटमा पाइने बिज्ञप्तिमा उल्लेख छ ।