कञ्चनपुरमा सिडिओ गृहमन्त्रालय तानिए, उनको ठाउँमा राम कुमार महतोलाई प्रजिअको जिम्मेवारी

धनगढी

   गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा लाई गृहमन्त्रालय तानेको छ ।

  सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकार भन्दा बाहिर गएको अभिव्यक्ति दिएकोमा प्रजिअ नुरही खतिवडा प्रति असन्तुष्ट गृह मन्त्रालयले आज उनलाई कञ्चनपुरबाट गृहमन्त्रालय तानेको हो ।

 खतिवडाको ठाउँमा रामकुमार महतोलाई गृहमन्त्रालयले प्रजिअको जिम्मेवारी दिएर पठाएको छ ।  धनुषा जिल्ला स्थायी घर भएका ४१ वर्षीय महतोले चार वटा विषयमा मास्टर्स गरेका छन् । उनी पियनबाट निजामती सेवा प्रवेश गरी सहसचिव हुन सफल भएका थिए ।

केही दिन यता गौरिफण्टाको सुरक्षा ब्यबस्था र सिमाका बिषयलाई लिएर कंचनपुरका सिडिओ खतिवडाप्रति कैलालीका बासिन्दाको असन्तुष्टि रहेको थियो । उनले बषौं देखि कैलालीले हेर्दै आएको गौरीफण्टा नाकाको सुरक्षा आफ्नो मातहतमा लिएका थिए ।