धनगढी पोष्ट
बिहिबार, १८ भदौ २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशीक अस्पतालको बिहिवारको परिक्षणमा कैलालीका ४८ सहित ५० जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८५ जनाको स्वाव परिक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो । बिज्ञप्ती अनुसार धनगढी ५ का १५ जना, धनगढी कैलालीका १३ जना, कैलारी गाउँपालिका ४ का एक जना, लम्की चुहा नगरपालिकाका ५ जना, गोदावरी १ का एक जना, जानकी गाउँपालिका १ का एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी कंचनपुरको बेदकोट नगरपालिका ३ का एक जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।