धनगढी पोष्ट बुधबार, २६ बैशाख २०८१   May 8, 2024
शिद्धान्तलाई अनुसरण गरे संस्था बलिाये हुन्छ : देवकोटा

विश्वज्योती महिला सहकारीको २१औं बार्षिक साधारण सभा

विश्वज्योती महिला सहकारीको २१औं बार्षिक साधारण सभा

धनगढी सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले शिद्धान्तलाई अनुसरण गरेर सहकारीका गतिबिधि अघि बढाउन सके संस्था बलिाये हुन  सक्ने बताएकिछन्

कैलालीको गोदावरी नगरपालिका स्थित विश्वज्योति महिला सहकारी संस्थाको २१औं बार्षिक साधारण सभा उद्घाटन् गर्दै प्रदेश सभा सदस्य देवकोटाले भनिन्, ‘कतिपय संस्थामा शिद्धान्तलाई पच्छ्याउन नसक्दा समस्या भएको देखिन्छ, त्यसले संस्था सञ्चालनमा समस्या आउने गरेको पाइन्छ

विश्वज्योती महिला सहकारी संस्था सहकारीका नीति शिद्धान्तलाई पूर्णरुपमा कार्यान्वयन गरेर सञ्चालन हुने संस्था रहेको बताइन् जसका कारण स्थापनाको छोटो समयमा संस्थाले राम्रो प्रगति गरर्न सफल भएको उनको भनाई यस बर्ष केही प्राविधिक समस्याका कारण संस्थाको साधारण सभा केही ढिला सम्पन्न भएको उनको भनाई पछिल्लो समय केही संस्थाका कारण सहकारी प्रति नागरिकमा आशंका उत्पन्न हुने गरेको बताउँदै उनले भनिन्, ‘विश्वज्योति सहकारी संस्था शेयर सदस्यको पूर्ण निग्रानीमा सञ्चालन भएको संस्था हो, नीति शिद्धान्तको पूर्ण पालना गरेर सञ्चालन भइरहेको , त्यसैले विश्वज्योतिका शेयर सदस्यले कुनै भ्रममा नपरे हुन्छ

उनले सहकारी संस्था के गरिरहेको भन्ने कुरामा आफु सक्रिय बन्नुपर्ने बताईन् यो सुदूरपश्चिम प्रदेशभरी नै बचतकर्ताको रकम खाएर भाग्ने सहकारीहरु छैनन् तर बाहिरबाट आएका सहकारीका कारण यहाँका सहकारीहरु पनि समस्यामा परेका छन, उनले भनिन्तसर्थ त्यस्ता सहकारीका कारण आफ्नो सहकारीलाई डुबाउने काम गर्न हुदैन, हल्लाको पछि लागेर भन्दा पनि स्वयम् सहकारीका बारेमा जानकार भएर काम गर्नुपर्छ उनले विगतमा रुखको तल जंगलको छहारीमा बसेर सानो पुँजीबाट सञ्चालन गरेका सहकारीहरु अहिले आएर उत्कृष्ट बनेका समेत बताईन्

उनले सहकारी सदस्यको सम्बन्ध राम्रो भए दुवैलाई फाईदा हुने बताईन बजारमा आएका नराम्रा भ्रमहरुलाई चिर्नका लागि सबैले स्वयम् बुझ्न जरुरी रहेको उनको भनाई

संस्थाकी अध्यक्ष खिमा देवी ओझाको सभापतित्वमा सम्पन्न २१औं बार्षिक साधारण सभा कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा, संस्थाका कानूनी सल्लाहकार बिरबहादुर जेठारा, गोदावरी नगरपालिकाकी पर्व उप प्रमुख रत्ना कठायत लगायत व्यक्ति विषिष्ट अतिथी रहेका थिए

संस्थाका सचिव लक्ष्मी भट्टले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष वेलु पार्कीले स्वागत मन्तव्य व्यक्त गरेकिथिइन् कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ट बाल बचतकर्ता, शेयर वृद्धिकर्ता, गत वर्षको उत्कृष्ट मासिक बचत कर्ता, उत्कृष्ट ऋणी तथा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई सम्मानित गरिएको थियो

साढे करोड बढी कारोबार

विश्वज्योति महिला सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा करोड भन्दा बढीको कारोबार गर्न सफल भएको संस्थाको साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा संस्थाले करोड ८० लाख ७४ हजार सय २० रुपैया कारोवार गरेको आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाको कारोबार करोड ४८ लाख १६ हजार ८६५ रहेको थियो सहकारीले उक्त आर्थिक कारोबारवाट आर्थिक वर्ष २०७९÷०८० मा ११ लाख ९६ हजार २६२ रुपैया नाफा आर्जन गर्न सफल भएको

२०५८ सालमा ८० जना शेयरसदस्यको ३५ हजार शेयरपुँजीबाट सुरु भएको सहकारीले हाल वृहत रुप लिएको सहकारीमा आर्थिक वर्ष २०७९÷०८० को मसान्तसम्म एक हजार ९५ जना शेयरसदस्यहरु रहेका छन भने करोड ४५ लाख १४ हजार ९६० रुपैया शेयरपुँजी रहेको सहकारीले उक्त आर्थिक वर्षमा ५करोड ७८ लाख ६५ हजार ७२६ रुपैया निक्षेप संकलन गरेको उक्त अवधीसम्म सहकारीले करोड ८९ लाख ७२ हजार ५१ रुपैया कर्जा प्रवाह गरेको