धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

नया बर्षको स्वागतमा सौराई स्क्वायर न्यु इयर इभ २०८१ आयोजना हुदै

नया बर्षको स्वागतमा सौराई स्क्वायर न्यु इयर इभ २०८१ आयोजना हुदै

धनगढी ।  धनगढीको सौराई स्क्वायरले नया बर्ष २०८१ को अवसरमा ख्याति प्राप्त कलाकारको सहभागितामा न्यु इयर इभ २०८१ आयोजना गर्ने भएको छ । पुरानो बर्षको बिदाइ र नया बर्षको स्वागतलाई मनोरन्जनात्मक बनाउन काठमाण्डौ र स्थानीय कलाकारको सहभागितामा बर्ष  २०८० को अन्तिम दिन चैत ३० गते न्यु इयर इभको आयोजना गर्न लागिएको हो ।

रमाइलो माहौलमा नयाँ बर्षको स्वागत  गर्न न्यु इयर इभको आयोजना गरेका छौं ।’  सौराई स्क्वायरका प्रवन्ध निर्देशक उमेश शाहले भने ‘न्यु इयर इभमा भरपुर मनोरन्जन हुने व्यवस्था मिलाएका छौं ।’

 न्यु इयर इभमा काठमाण्डौंका ख्यातिप्राप्त गायक प्रताप दास, डिजे ड्रिम एक्सको प्रस्तुति हुनेछ ।  स्थानीय भाषा राना, थारु र सुदुरपश्चिमेली भाषामा समेत दमदार प्रस्तुति रहेको प्रवन्ध निर्देशक शाहले बताए । न्यु इयर इभमा चर्चित कलाकारहरु सदिक्षा चौधरी, सुशीला कार्की, कोपिला सिंह, अछामी रेखाको समेत प्रस्तुति रहेको छ ।

साझ ६ बजे शुरु हुने न्यु इयर इभ राति १२ बजे नयाँ बर्षको स्वागत गरेर समापन हुनेछ । सौराई स्क्वायरले गते बर्ष समेत नया बर्षको स्वागतमा न्यु इयर इभको आयोजना गरेको थियो ।