धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

दिर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा  संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ । सत्ता गठबन्धनले नेकपा एसलाई मुख्यमन्त्री दिन सहमत भए पनि दिर्घ सोडारीको नाममा  नेकपा एमालेले असहमति जनाएको छ ।

सत्ता गठबन्धन बचाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सुदुरपचिममा  नेकपा एसलाई मुख्यमन्त्री दिन सहमत भएका थिए ।

आपुनो पार्टी  पाउने सहमति भएपछि एकीकृत समाजवादीका संसदिय दलका नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए । तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमै गएनन् ।

सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्र रावल सरकार गठनबारे पार्टी नेतृत्वले कुनै निर्देशन नदिएकाले अहिले केही निर्णय नभएको बताउँछन् ।